उर्लाबारी/ मोरङको उर्लाबारीमा छुरा हानेर एक युवकको हत्या गरेको घट्नामा संलग्न रहेको अभियोगमा थप २ जना पक्राउ परेका छन् । हत्या अभियोगमा उर्लाबारी–४ का २५ बर्षीय प्रविण बस्नेत र उर्लाबारी–७ का २८ बर्षीय काले भनिने आङ्सुहाङ देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साउन १५ गते मंगलबार करिब ७ः३० बजेको समयमा उर्लाबारी–४ का २१ बर्षीय कुशल दाहाललाई छुरा प्रहार गरी हत्या गरिएको थियो ।
हत्याका मुख्य आरोपी सुवास लामा ( तामाङ) यसअघिनै पक्राउ परेका थिए । लामालाई सुन्दरहरैचा–४ दुलारीबाट पक्राउ गरिएको जनाइएको छ । यो घट्नाका थप २ जना संदिग्धहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्याका मुख्य आरोपी लामा उर्लाबारी–५ निवासी ३५ बर्षका हुन् ।
उनी यसअघि करिव १० वर्ष कैद सजाय भोगेर केही समयअघि मात्रै रिहाई भएका थिए । लामा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७६ फागुन ७ गतेको प्रजातन्त्र दिवसमा आममाफी पाएर छुटेका थिए । लामा यसअघि पनि मदिरा पिएर आफ्नै साथीलाई हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए । उनी २०७६ फागुनमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । सरकारले आममाफीका लागि योग्य ठानेर जेलबाट छाडिएका थिए ।