दमक/ आशाको दियो नामक सामाजिक संस्थाले विपन्न, एकल महिला , र अशक्त परिवारका लागि किटनाशक झुल लिएर दमकका वडा वडामा पुगेको छ । सो संस्थाले शनिबार दमक ८ र १० का करीब ८० परिवारलाई अलग अलग कार्यक्रम गरी झुल वितरण गरेको हो । संस्थाले वडा नं ४ , १ र २ मा पनि झुल वितरण गर्ने जनाएको छ ।
समाज कल्याण परिसद , दमक नगरपालिका र आड्रा नामक दाता संस्थाको सहयोगमा झुल बितरण गरिरहेको हो ।
दमक ८ को आइतबारेस्थित जनता आधाभुत बिद्याालय परिसरमा आयोजित कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यमा करिब ४० परिवारलाई झुल वितरण गरिएको आयोजक संस्थाका कार्यसमिति सदस्य समेत रहेका वडा नं ८ का स्थानीय अगुवा युवा चन्द्र खत्रीले जानकारी दिए ।
सो अवसरमा स्थानीय सामाजिक व्यक्तित्व एवं राप्रपाका दमक नगर अध्यक्ष हेम सुवेदीले यस खाले सामाजिक सहयोगका कार्यक्रमहरु ल्याइनु सकारात्मक भएको प्रतिक्रिया दिए । उनले संस्थाहरुले गर्ने कामलाई हेरिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष बिमल लामिछाने ,सुवेदी, महिला नेतृ मिना कोइराला, नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष गोमा बुढाथोकी प्रसाईं, बिद्यालयका प्रधानाध्यापक केदार सुवेदी लगायतले झुल हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष प्रकाश प्रसाइँले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर समाजमा योगदान दिनु अपरिहार्य भएको बताए ।
त्यसैगरी दमक १० स्थित राधाकृष्ण मन्दिर परिसरमा सामाजिक ब्यक्तित्व शेर बहादुर भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपप्रमुख भट्टराई , वडाध्यक्ष्य राजेन्द्र भण्डारी , देबी दाहाल लगायतले सो संस्थाले सेवाको भावना राखेर ल्याएको परोपकारी कामको प्रशंसा गरे ।

उनीहरुले समाजमा निस्वार्थ र विभेदरहित ढंगबाट सेवामुलक काम गर्ने मानिसहरुको आवश्यकता बढेको र समाजलाई सकारात्मक बाटोमा डोहोरयाउने चुनौती थपिँदै गएको भनि चिन्ता समेत व्यक्त गरे । आशाको दियोकी उपाध्यक्ष प्रेमा कार्कीको स्वागत मन्तव्य राखेको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रसाइँले गरेका थिए ।
