दमक / दमक ७ हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले आफ्नो श्रीमतीको नाममा रहेको जमिनमा आफ्नो मञ्जुरीबिनै नगरपालिकाले बाटो खोल्न खोजेको जिकिर गरेका छन् ।
चाम्लिङले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरेर जिल्ला अदालत झापामा सो सम्बन्धिको मुद्धा विचाराधीन रहेको अवस्थामा एकाएक सुरक्षाकर्मी परिचालन गरेर बाटो खन्न खोजिएको आरोप लगाएका हुन् ।
२०६७ सालदेखि आफनो श्रीमती सुनिता राईको नाममा कायम रहेको साविक ६ (ख) कित्ता नम्बर ३४४६० को २ कठठा जग्गामा बाटो भएको भन्दैं नगरपालिकाले जवरजस्ती बाटो बनाउन खोजेको उनको आरोप छ ।
राजनीतिक पूर्वाग्रह राखेर स्थानीय सरकारले आफूमाथी अन्याय गर्न खोजेको उनको तर्क छ ।
प्रहरीलाई जर्वजस्ती तीन दिन अघि नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई प्रसाई, वडाअध्यक्ष भीमप्रसाद पौडेलको नामनै किटेर चाम्लिङले त्यस्तो आरोप लगाएका हुन् ।
राईले नगरपालिकाको फैसाला विरुद्ध गत जेठ २५ गते जिल्ला अदालत झापामा पुनरावेदन गरेका छन् । राईले न्यायिक समितिको फैसला त्रुटिपूर्ण भएको र सो जमीनमा कुनै पनि सार्वजनिक बाटो नभएको दावी गरेका छन् ।
आफनो परिवारले खरिद गरेको नम्बरी जग्गामा आफनो हित नचाहने केहि व्यक्तिको उजुरीका आधारमा बाटो रहेको फैसला गरेपनि नक्सामा बाटो समेत नभएकाले सो जमीन आफनो पक्षमा सम्मानित अदालतबाट न्याय पाउने विश्वास लिइएको बताएका छन् । सो मुद्धाको साउन २१ गते पेशी तोकिएको उनको भनाई छ ।
नगरपालिका स्रोतले भने सो ठाउँमा चलनचल्तीको बाटो पहिल्यैदेखि भएको र चाम्लिङ स्वयंले त्यस क्षेत्रमा बाटो भएको ब्यहोरा उल्लेख गरिएका सरकारी कागजातहरुमा स्वीकार गरिसके पनि अनावश्यक रुपमा लफडा गर्न खोजेको दाबी गरेको छ । नगरपालिकाले सो जग्गाको पृष्ठभुमि र सो बिषय सुक्ष्म र गहन अध्ययन गर्ने किसिमको भएकाले सो बिषयमा हलुका टिप्पणी गर्नु जायज नहुने पनि तर्क गरेको छ । यो बिषय कुनै अमुक जनप्रतिनिधिको चाहना वा आग्रह पूर्वाग्रहको बिषय होइन कार्यपालिका बैठकमा छलफल भएर निचोड निकालिएकोले सिंगो नगरपालिकाले यसको इनिसेसन लिएको छ, अरु सबै आरोपका लागि लगाइएका आरोप मात्रै हुन् – नगरपालिकाले भनेको छ ।

 

Facebook Comments Box