कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

Author Nishkarsha News
२०८१ श्रावण १८, शुक्रबार १३:५४

दमक/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार बिहान नतिजा सार्वजनिक गरेको हो । यसपटक कक्षा १२ को परीक्षा दिएका मध्ये ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डले गत वैशाखमा कक्षा १२ को परीक्षा लिएको थियो। उक्त परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्