सुनको मूल्य डेढ लाख नजिक

Author Nishkarsha News
२०८१ श्रावण १७, बिहीबार १२:०३

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्