पाँचथर /पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङमा एक व्यक्तिलाई आफ्नै पत्नीमाथी खुकुरी प्रहार गरेर घाईते बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गएराती ११ बजे स्थानीय ७० बर्षिय मोहन बहादुर थाम्सुहाङले आफ्नै पत्नी फुलमाया थाम्सुहाङलाई घरायसी बिबादमा खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहार गर्ने मोहन बहादुरलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखेर अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय मेमेङले जनाएको छ । प्रहरीले घाईतेलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल फिदीम पठाएको जनाइएको छ ।