दमक/ झापा गाउँपालिका वडा नं ३ फुलगाछी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका बाबुको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् ।
आज आइतबार दिउँसो करिब पौने १ बजे झापा (कुमरखोद) सुरुङ्गा सडक खण्डमा सुरुङ्गाबाट झापा तर्फ आउँदै गरेको प्रदेश १–०१–०१६–१६१२ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा मोटरसाईकल चालक सोही ठाउँका ५४ बर्षिय निजामुदिन मियाँको मृत्यु भएको हो ।
मोटरसाईकल पछाडी सवार उनका छोरा १९ बर्षिय सालेमान मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाईते सालेमानको विर्ता सिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box