दमक/ झापा गाउपालिका वडा नम्बर १ सालमारामा मुस्लिम समुदायका १० बर्षिय एक बालक घरबाट खेल्न निस्किएको चार घण्टापछि खाल्डोमा मृत भेटिएका छन ।
सो ठाउँका चिकु मियाँका १० बर्षिय छोरा मोहमद दिलसाद मिया शनिबार बिहान करिब ११ः०० बजे खेल्न भनेर घर बाहिर निस्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घर देखि ५०० मिटर पुर्व खाली जमिनको खाल्डोमा जमेको पानीमा उनको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । घट्ना बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।