भद्रपुर/  सामुदायिक विध्यालयबाट उत्कृष्ट अंक ल्याइ एसइइ परिक्षा उर्तिेण गर्ने विध्यार्थीलाइ राजवंशी समाज विकास समिती (रासविस) झापाले नगद सहित पुरस्कृत र सम्मान गरेको छ ।  राजवंशी समुदायबाट अध्ययनरत छात्राहरुमध्ये वीरेन्द्र मा वि मा अध्ययनरत भद्रपुर वडा न.९ निवासी अंशु राजवंशीलाइ एसइइमा ३.७० जिपिए ल्याउन सफल भएकोमा नगद १८ हजार सहित सम्मान गरीएको हो ।

भद्रपुर नगरपालिकाको सभाहलमा शनिवार सम्पन्न कार्यक्रम समाजका अध्यक्ष उत्तम कुमार राजवंशीको अध्यक्षता तथा झापा क्षेत्र न. ३ का प्रदेश सांसद भुमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भद्रपुर नगरपालिकका नगर प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्किको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष फुलसिंह राजवंशी,केन्द्रिय सचिव लखन राजवंशी, वडा न. ४ का वडाअध्यक्ष हंशधर राजवंशी, सुमन सिंह राजवंशी,विरेन्द्र मावि संचालक समितिका अध्यक्ष असारु राजवंशी,नेकपा एमाले भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल,नेपाली काग्रेश भद्रपुर नगर उपसभापति रमेशचन्द्र झा,पुनम राजवंशी, विभुती विध्या मन्दिर विध्यालयका प्रिन्सीपल गोविन्द लम्साललागयतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box