गौरीगञ्ज/ शुक्रबार दिउँसो झापाको गौरीगञ्ज १ महाभारामा पर्ने टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेका एक जनाको मृत्यु भएको छ ।   डुबेर घाईते भएका शिवसताक्षी ४ बोलोचोकका ४० बर्षिय चन्द्रे मुर्मुको उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुर्मु ३५ बर्षिय अक्तर मियाँ पानी जमेको होलिमा माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए । उनीहरुलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । थप उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएकोमा मुर्मुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

Facebook Comments Box