दमक/ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस कम्युनिष्ट कार्यकर्ताहरुले उनको सम्झनामा रचनात्मक कार्यक्रमहरु गर्दै मनाएका छन् ।
नेकपा एमाले दमक नगर कमिटीले सो अवसरमा सोमबार दमक २ स्थित रतुवा मुक्तिघाटमा सरसफाई कार्यक्रमसहित वृक्षारोपण गरेको छ ।
नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य तथा दमक नगर इञ्चार्ज अम्बिका खनालको प्रमुख उपस्थितीमा भएको सो कार्यक्रममा मुक्तिघाट परिसरमा पार्टीका नेता, कार्यकर्ताहरुले आँप , लिची लगायतका फलफुलका ५० वटा विरुवा रोपेका नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिए ।
दमकको उत्तरी क्षेत्रका कतिपय बासिन्दाले शव दाहस्थलका रुपमा उपयोग गर्दै आएको सो क्षेत्रमा मुक्तिघाट निर्माणका लागि यसअघि आंशिक रुपमा सो घाट व्यवस्थित गर्ने प्रयास भएको छ ।

 

Facebook Comments Box