दमक/ दमकमा करेन्ट लागेर १९ बर्षिय एक युवकको ज्यान गएको छ । इलाम घर भई हाल झापा दमक नगरपालिका वडा नं.–३ धिमाल टोलका मौसम राईको करेन्ट लागेर ज्यान गएको हो ।
सोमबार आज दिउसो २ बजे नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राईको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box