डुबेर दुई बालबालिकाको मृत्यु

Author Nishkarsha News
२०८१ श्रावण ७, सोमबार २१:५१

विराटनगर/ सुनसरी र मोरङका छुट्टा छुट्टै स्थानमा खोलामा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।  सोमबार दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारकी ७ बर्षीया छोरी बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।  त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवका ९ बर्षीय छोरा अमन रिषिदेब मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्