काठमाडौ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रमा देखिका समस्या समाधान गरि विकासका कार्यक्रमहरुलाई गति दिईने बताएका छन् । मन्त्रालयमा विभिन्न सरोकारवालाहरुसँगको अन्तरक्रियामा उनले नीतिगत रुपमा कुनै समस्या भए त्यसलाई सरकारले समाधान गर्ने र विकास निर्माण कार्यलाई अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।
उनले निर्माण व्यवसायी, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरुसँग भएको अन्तरक्रियामा अब कुनै पनि निर्माणका आयोजनाहरु अवरुद्ध हुन नदिने समेत उल्लेख गरे । विकास निर्माण कार्यलाई तिव्रता दिई समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा साझेदारी गर्न समेत उनले सबैपक्षसँग अपिल गरेका छन् ।