सोलुखुम्बु / आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  थुलुङ दुधकोशी गाउँपालिका–१ नेले बस्ने ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरिएको हो ।
हत्या गरेको अभियोगमा सोही गाउँपालिका–२ देविस्थान बस्ने ४५ वर्षीय पूर्ण बहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Facebook Comments Box