दमक/ नेकपा एमाले दमक नगर कमिटी उपाध्यक्ष उर्मिला ओलीलाई मातृशोक परेको छ । उनकी आमा झापाको साविक जुरोपानी –८ हाल गौरादह नगरपालिका वडा नं ७ इन्दिरा चोक निवासी देवीमाया ओलीको दमक ९ मा शनिबार बिहान २ बजे निधन भएको हो । स्वर्गीय ओलीका छ जना छोरी र एक जना छोरा छन् ।
उनको आजनै कन्काई नदीमा परम्परा अनुसार अन्त्येष्टी गरिएको स्वर्गीय ओलीका ज्वाइँ युवराज पौडेलले जानकारी दिए ।
नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष रामप्रसाद पौडेलले स्वर्गीय ओलीको निधनप्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

Facebook Comments Box