दमक/ झापाको दमक नगर इसाई समाजले दमकमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । दमक नगर इसाई समाजले साउन ९ गते बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
दमक नगर इसाई समाजका अध्यक्ष आकाश थुलुङ राईका अनुसार समाजको आयोजनामा ४५औं वृहत खुल्ला रक्तदान कार्यक्रम हुने र त्यसका आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । आज (शुक्रबार) दमकस्थित टी टाईम होटलमा पत्रकार भेटघाट गरेर इसाई समाजले दमकमा ४५औं वृहत खुल्ला रक्तदान कार्यक्रम र त्यसका तयारीका बारेमा जानकारी गराएको हो । दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा रक्तदान हुने समाजका अध्यक्ष राईले जानकारी दिएका छन । सो रक्तदानमा १०० बढिले रक्तदान गर्ने आयोजकको अनुमान छ ।
दमकको विभिन्न वडाहरुमा ३४ वटा चर्चहरु सञ्चालनमा छन् । राईले दमकमा संस्थागत रुपमा दमक नगर इसाई समाज सवै भन्दा बढी रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्था भएको पनि बताए । वहाँले इसाई धर्मालम्बीहरुलाई एकताको सुत्रमा बाँँधेर सामाजिक सेवा गर्नका लागि दमक नगर इसाई समाज स्थापना भएको बताए ।
त्यस्तैं, रक्तदान कायक्रमको संयोजक समेत रहेका दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर हेमन्त सुब्बाले रक्तदानमा दमकका सवै नागरिकको सहभागिताका लागि आग्रह गरे । उनले रक्तदान कार्यक्रममा दमकको सामाजिक संघसंस्था र बुद्धिजीविहरुको सहयोग र सहभािगता आवश्यक रहेको बताए ।
दमक नगर इसाई समाजका सल्लाहकार संयोजक तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापा अध्यक्ष राजकुमार नाछिरिङ राईले रगतको अभाव बढ्दो अवस्थामा देखिएको कारण दमक नगर इसाई समाजले रक्तदान कार्यक्रमलाई बर्षेनी आयोजना गर्दै आइरहेको बताए ।