दमक/ २ श्रावणमा विर्तामोड नगरपालिका वडा नं ६ मा फुल व्यवसाय गरेर बस्दै आएका एक जना भारतीय नागरिकमाथि छुरा प्रहार गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  भारतिय नागरिक अन्दाजी ३५ बर्षिय हविबुल इस्लामलाई छुरा हानेर फरार भएका इलाम घर भई बिर्तामोड नगरपालिका वडा नम्बर ५ का २१ को भद्र बहादुर बस्नेत र ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं.६ घर भई हाल बिर्तामोड नगरपालिका वडा नं.६ मा बस्दै आएका २६ बर्षिय रोहन तामाङलाई बुधबार पक्राउ गरेको हो । घटनापछि फरार रहेकका बस्नेत र तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले राती करिब पौने २ बजे सुगम पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ भने घाईते इस्लामलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोडमा भर्ना गरिएको छ ।

Facebook Comments Box