पूर्व प्रधानमन्त्री एवं राप्रपाका संस्थापक लोकेन्द्र बहादुर चन्द अस्वस्थ भई उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् ।

८६ बर्षिय चन्द उपचारका लागि अस्पताल भर्ना भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित विशिष्ट व्यक्तित्वहरु उनको अवस्थाबारे बुझ्न आज बुधबार अपरान्ह अस्पताल पुगेका छन् ।

चन्द २०४०, २०४६, २०५३ र २०५८ सालमा गरी चार पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । गीतकार तथा साहित्यकारका रुपमा परिचित चन्दले बिसर्जन नामक कथा संग्रह ग्रन्थका लागि २०५४ सालको मदन पुरस्कार समेत जितेका थिए ।

 

Facebook Comments Box