दमक / नेकपा एमाले दमक २ को वडा अधिवेशनले ललित बिकको अध्यक्षतामा वडा कमिटी चयन गरेको छ ।
पार्टी अधिवेशनबाट विकको अध्यक्षतामा ममता (पुनम) पोखरेल उपाध्यक्ष, बसन्त काफ्ले सचिव, छवि दुलाल र सीता रिमाल उपसचिव रहेको वडा कमिटी चयन भएको हो । निर्वाचित वडा कमिटी २७ सदस्यीय रहेको जनाइएको छ ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण मंगलबार सम्पन्न भएको जनाइएको छ । पार्टी केन्द्रिय सदस्य रोमनाथ ओलीको प्रमुख उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो । यससंगै दमकका कूल १० वटा वडा मध्ये ७ वटामा एमालेको वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । वडा नं १ , ३ र ५ बाहेक ७ ओटा वडामा अधिवेशन सम्पन्न भएको र यसैसाता भित्र तीन वटा वडामा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने पार्टीका दमक नगर कमिटी अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए ।

Facebook Comments Box