गौरादह/ झापाको गौरादह १ सितापुरी चोकमा आज साँझ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ६ का २४ बर्षिय सञ्जोग भण्डारी रहेका छन् । त्यहाँस्थित भित्री सडक खण्डमा साँझ करिब ७.१० बजे रङपुरबाट सितापुरीमा बा ७० प १८१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे ६ प ५८१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा बा ७० प १८१ नम्बरको मोटरसाइकलका चालक भण्डारीको मृत्यु भएको हो ।
उनीसँगै मे ६ प ५८१ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका वडा नं. १ का दुर्गा ताजपुरीया समेत घाईते भएका थिए । उनीहरु दुवैलाई उपचारको लागि निम्स अस्पताल दमकमा उपचारका लागि ल्याइएकोमा उपचारको क्रममा भण्डारीलाई ७.३० बजेनै चिकित्सकहरुले मृत धोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए । घाईते ताजपुरीयालाई भने थप उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको छ ।

Facebook Comments Box