दमक/ सडक दुर्घ*टनामा परेर झापा, कमल गाउँपालिका ५ शितलडाडाका ४१ बर्षिय किरण लिम्बूको गएराति जन्मदिनकै दिन मृ*त्यु भएको छ। सोमबार राति झापाको बिर्तामोडबाट घर आउदै गरेका लिम्बू सवार को १९प६३८२ नम्बरको बुलेट मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्रदेश १–०१ – ००१ ख २४२३ को यात्रुवहाकबस कनकाई नगरपालिका वडा नं.४ कोट्टिहोम सडकखण्डमा दुर्घ*टना हुँदा लिम्बूको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घ*टनामा परी गम्भीर घाइते भएका लिम्बूको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा राति ८ वजे मृ*त्यु भएको र घटनाका बारे थप अनुसन्धान भईरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।