दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिशूली नदीमा बस खसेर यात्रुहरु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले आज सामाजिक सञ्जालमार्फत पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रुहरु बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धारमा लाग्न आग्रह गरेका हुन् ।
उनले आफू सुरक्षित हुँदै उद्धारमा लाग्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन् ।  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई यात्रुवाहक बसलाई पहिराले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता छन्।

Facebook Comments Box