नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएका दुई वटा बस र बसमा रहेका ६५ जनाको खोजीमा उद्धार टोली खटिएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।
उनका अनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका प्रहरीको प्रारम्भिक अनुमान छ । यकिन विवरण थाहा भैनसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । प्रहरीका अनुसार सशस्त्र र

 

Facebook Comments Box