कास्की/ कास्कीमा पहिरोले पुर्दा एकैदिन एउटै घरका ६ सदस्यसहित ११ जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय शिसुवाबाट गएको प्रहरी टोलीले उनका छोरा ५५ वर्षीय ओमबहादुरको भने उद्धार गरेको छ।
यसअघि पोखरा–१९ तल्लाकोट टारीस्थित कुलबहादुर परियारको टिनले छाएको घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको थियो।
घटनापछि उद्धारका निम्ति पुगेकी छिमेकी ५६ वर्षीया राधिका परियारको पनि सोही क्रममा लडेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ।
घटनामा परी सोही घरका छोरा १७ वर्षीय पवन परियार र उद्धार क्रममा मृत्यु भएकी राधिकाका छोरा २९ वर्षीय कुमार परियार घाइते भएका छन्।
यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा गएराति आरती ओझाको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ।
घटनामा आरतीका छोरी १८ वर्षीया अनिता, छोरा ९ वर्षीय प्रतीक र छोरी ११ वर्षीया अनुष्का ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।