दमक/ झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राती साढे ९ बजे दमक नगरपालिका–१ फाल्गुनन्द चौकबाट एकै परिवारका पति पत्नीलाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरेको हो ।
त्यहाँबाट इलामको महमाई नगरपालिका–१ घर भई हाल सोही ठाउँमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बु र २४ बर्षिया पत्नी सनिता राईलाई ४ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले कोठाको खानतलासी गर्दा कोठाबाट सो परिमाणमा लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ बाट भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै सोहि दिन साढे ३ बजे बिराटनगर–१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्वकर्मालाई ब्ख्क्ष्ी, म्क्ष्ब्श्भ्एब्ः, ीग्एक्ष्श्क्क्ष्ऋ र एज्भ्ल्ब्च्ब्न्ब्ल् गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धन भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।