राष्टिय बहुमुखीको निशुल्क दन्त शिविर

Author Nishkarsha News
२०८१ असार २१, शुक्रबार १९:२८

कमल/ राष्ट्रिय बहुमुखी सहकारी संस्थाले स्थापना दिवसको अवसरमा कमल ६ मा निशुल्क दन्त शिविर सञ्चालन गरेको छ । उज्यालो फाउण्डेशनमा आयोजित सो शिविरमा दमकस्थित थुलुगं डेन्टलका चिकित्सक डा. सोफिया थुलुङ नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा सो बिद्यालयका बिद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरु समेत १ सय ५१ जनाले दाँतको जाँच तथा उपचार सेवा लिएका सहकारीका कार्यक्रम संयोजक पारसमणी राईले जानकारी दिए । सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले स्थापना दिवसको अवसर पारेर सो कार्यक्रम गरेको हो । सोही अन्तर्गत यस अघि खुल्ला रक्तदान पनि गरिएको थियो ।

रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साहको प्रमुख आतिथ्यमा भएको शिविरको औपचारिक उदघाटन कार्यक्रममा फाउण्डेशनका संस्थापक निर्देशक केशव तिम्सिना लगायतको पनि आतिथ्य रहेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्