दमक/ लायन्स क्लव अफ इन्टरनेशल ३२५ सि अन्तरगतको लायन्स क्लव अफ झापा, दमकको नेतृत्व पत्रकार बिष्णुप्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन् । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल प्रभावकारी मिडिया प्रालिका सञ्चालक तथा गोरखापत्र संस्थानमा कार्यरत पत्रका हुन् ।
लायन्स क्लव मानवीय तथा सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय सञ्जाल भएको संस्था हो । हामी सेवा गर्छौ भन्ने मुल नारासहित लायन्सकर्मीहरु लायन्समा आवद्ध हुने गर्छन ।
यसभन्दा अघि सो क्लबको प्रथम उपाध्यक्ष रहेका पोखरेल सर्वसम्मत अध्यक्ष चयन भएर कार्यभार सम्हाल्न शुरु गरेका हुन् । यो क्लवका संस्थापक अध्यक्ष अशोक चौधरी हुन् । क्लबको प्रथम उपाध्यक्षमा सन्दिप साहेवाला, दितिय उपाध्यक्षमा शम्भु चौधरी, तृतिय उपाध्यक्षमा बिष्णु शाह, सचिवमा लक्ष्मण ढकाल, सह सचिवमा बालकृष्ण कोइराला र कोशाध्यक्षमा राजकुमार खड्का चयन भएका जनाइएको छ ।
निवर्तमान अध्यक्ष लोकेश सापकोटाका अनुसार क्लवको डाइरेक्टरमा अजयकुमार अग्रवाल र क्लव कोअर्डिनेटरमा क्लवको संस्थापक अध्यक्ष अशोक चौधरीलाई चयन गरिएको छ ।