क्याम्पसमा दुई जना दाताले राखे अक्षय कोष

Author Nishkarsha News
२०८१ असार १७, सोमबार १९:१८

दमक/ दमक बहुमुखी क्याम्पसमा दुई जना शैक्षिक अगुवाले आफ्ना पितृको स्मृतिमा अक्षय कोष स्थापना गरेका छन् ।

क्याम्पसको शैक्षिक वृद्धिबिकासका लागि सहयोग पुर्याउने उदेश्यले क्याम्पस संचालक समितिका उपाध्यक्ष  रिता वस्नेत श्रेष्ठले आफ्ना स्व.ससुरावुवा तथा  शैलेन्द्र श्रेष्ठका पिता इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा रु १ लाख ५० हजार ५५५ रुपैयाँको कोष स्थापना गरेकी छ्न ।

यसैगरि क्याम्पसका पूर्व कर्मचारी हरिकृष्ण तिम्सीनाले आफ्ना माता, पिताको सम्झनामा रु ५१ हजार राशीको स्व.नरपति -विष्णुमाया तिम्सीना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गरेका क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिए ।

क्याम्पसमा हालसम्म एक दर्जन बढी  विभिन्न दाताहरुले अक्षय कोष स्थापना गरिदिएका छन् ।

यसैगरी क्याम्पसको कार्यालय परिसरमा आइतबार  विभिन्न जातका बिरुवा रोपिएको छ। क्याम्पसको वातावरण सेलले आयोजना गरेको  वृक्षारोपण कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी,वातावरण सेलका संयोजक वासुदेव काफ्ले ,स्ववियु सचिव दिपक लिम्वु स्वबियु सदस्य संजय राई लगायतको क्याम्पस काअध्यापक ,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्