दमक/ पूर्वपश्चीम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा नम्बर ५ सावित्रा चोकमा भएको दुर्घटनाका एक जना घाईतेको उपचारका क्रममा मृत्यु भएको छ ।  केर्खाबाट दमक तर्फ आउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाईकलले बाटोमा रहेको कुकुरलाई ठक्कर दिएर भएको दुर्घटनामा घाईते भएका शिवसताक्षी नगरपालिका वडा नं २ का ४० बर्षिय नविन आचार्यको उपचारको क्रममा मृत्यु भएको हो ।

गत शुक्रबार साढे ७ बजे भएको दुर्घटनामा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका वडा नम्बर २ का २६ बर्षिय पदम बहादुर पौडेल र पछाडी सवार आचार्य घाईते भएका थिए । दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि विर्तामोड लगिएका आचार्यको बीएण्डसी अस्पतालमा शनिबार अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक पौडेलको निम्स अस्पतालमा उपचार भइरहेको छ ।

 

Facebook Comments Box