विराटनगर/सिरहा सुखिपुर ९ का ३० बर्षीय अबिन ठाकुरको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।
हिजो साझ ५ बजे उदयपुरत्रियुगानगरपालिका चुवाडे नमुना चोकमा स२प८७८२नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार ठाकुर गम्भिर घाईते भएका थिए ।
उनको उपचारको क्रममा बेलुका सवा ६ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सिरहाबाट उदयपुरको जलजले तर्फ आउदै गर्दा उक्त स्थानमा मोटरसाईकल दुर्घटना भएको हो ।