चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनील खड्काले हात पारेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।
यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए।
यस कार्यक्रमको निर्णायकका रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्। त्यस्तै, विशाल भण्डारीले निर्देशन गरेको यो सोको होस्ट रिमा विश्वकर्मा र मेक्सन गौडेलले गरेका थिए।