दमक/ दमक ६ स्थित ग्लोवल एजुकेशनल एकाडेमीमा बिद्यार्थीहरुका लागि सामाजिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जीवन चक्र समाज को आयोजनामा शुक्रबार बिद्यालयमा दुर्घटना न्युनिकरण सम्बन्धि र रक्तदानको महत्व र फाइदाका बिषयमा सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको हो ।
ग्लोवल एजुकेशनल एकाडेमीका प्राचार्य गुणराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्य रहेको थियो भने इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निशान थापाको विशेष आतिथ्य रहेको थियो ।
सो अवसरमा जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, कार्यक्रम सहजिकरण संयोजक डिल्ली प्रसाद अधिकारी, उपाध्यक्ष बेनुराज प्रसाईं लगायतको उपस्थितीमा भएको सो कार्यक्रममा लागुओैषधको प्रयोग यसले पार्ने असर र रोकथामका लागि भइरहेका प्रयत्न कानुनी व्यवस्था लगायतका बिषयमा निशान थापाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जीवन चक्र समाज नेपालका स्वास्थ्य संयोजक डा . लेखनाथ न्यौपानेले ग्लोवलका प्र्राचार्य अधिकारीलाई आफैंद्धारा लिखित केही पुस्तक हस्तान्तरण समेत गरेका थिए ।
प्राचार्य गुणराज अधिकारीले आगामी दिनमा जीवन चक्र समाज सँग सहकार्य गरि युनिट गठन गरि रक्त दान ,सडक दुर्घटना न्युनिकरण,असल नागरिक बन्ने जनचेतनामूलक कार्य गर्न आफूहरु तयार रहेको बताए ।
कार्यक्रमको सञ्चालन तथा सहजिकरण सचिव गणेश प्रधानले गरेका थिए भने जीवन चक्र समाजको बारेमा बासुदेव काफ्लेले जानकारी गराएका थिए ।