दमक/  दमक जेसिजले दमकको ७ नम्बर वडा कार्यालयसँगको सहकार्यमा वडा भित्रका टोल विकास समितिका पदाधिकारीहरुलाई क्षमता अभिवृद्दि तथा लेखा व्यवस्थापन सम्बन्धिको तालिम प्रदान गरेको छ । तालिमको सो वडाका वडाध्यक्ष भिमप्रसाद पौडेलले उद्घाटन गर्दै स्थानीय सरकार सबै टोल बिकास क्षेत्रको समान बिकास र उन्नतीका लागि प्रयत्नरत रहेको बताए । वडाध्यक्ष पौडेलले वडाबासीहरुलाई आआफ्नो सामाजिक दायित्व निर्वाहमा लाग्न अभिप्रेरित गर्ने र सबैलाई सक्षम नागरिक बनाउने साझा दायित्व आइलागेको बताए ।
सो अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ र नगरपालिकाका सामजिक विकाश शाखा प्रमुख केशव प्रसाइँको विशेष आतिथ्य रहेको थियो ।
दमक जेसीजका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा सो तालिमको उदघाटन गरिएको थियो भने तालिममा दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका गोविन्दराज कट्टेल र जयराज भट्टराईले सहभागीहरुलाई आवश्यक सहजीकरण गरेका थिए ।
सो अवसरमा वडा नं ७ का वडा सदस्य अतित वान्तवा राई, इन्दु पौडेल, मान बहादुर खवास, तारा रणपहेंली, वडा सचिव योगेश भट्टराई लगायत जनप्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, दमक उद्योग वाणिज्य संघका पदाधिकारीहरु दमक जेसीजका पुर्व अध्यक्षहरु सिनेटरहरु लगायतको उपस्थिती रहेको दमक जेसीजका महासचिव सहदेव भट्टराईले जानकारी दिए । तालिममा जेसीजका कार्यक्रम संयोजक सरोज ढकाल रहेका थिए । तालिममा ९० जना भन्दा बढी टोलबासीहरु सहभागी भएका आयोजक संस्थाले जनाएको छ ।

 

 

Facebook Comments Box