दमक / दमकदेखि कमल चुलाचुली हुँदै सतासीधाम जोड्ने १३ किलोमिटर बैकल्पिक पर्यटकीय सडक निर्माण गर्ने तयारी भएको छ । सोका लागि डिल्ली कुमार लिम्बुको अध्यक्षतामा कमल–५, टुक्रेमा भएको भेलाले ११ सदस्यीय समिति गठन गरेको छ ।
दमक १ मा निर्माणाधिन रतुवा पुलबाट पर्यटनको सम्भावना बोकेको इलाम र झापाको सिमाना जोडिने विगतमा फायरलाईन भनेर कहलिएको सो सडकका लागि आर्थिक बर्ष ०७६÷०७७ को संघीय संसदीयको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको कोषबाट प्रधानमन्त्री केपी सर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ र पूर्व सभामूख सुवासचन्द्र नेम्बाङको इलाम क्षेत्र २ बाट ५०÷५० लाखका दरले १ करोड रुपैंया माग गरिने जनाइएको छ । सोका लागि स्थानीय तहहरुबाट सिफारिस गरी काम अगाडि बढाइने बताइएको छ । धेरै पटक सडक निर्माणको लागि पहल गरिएतापनि सो सडक ओझेलमा पारिएको दमकका स्थानीय अगुवा एवम् सो योजनाका जानकार वीरसिं धिमालले बताउनु भयो । सो सडक निर्माणका लागि सबै स्थानीय तहका सरोकारवालाहरुलाई भेलामा बोलाएर निर्माण समिति गठन गरिएको धिमालले जनाउनु भयो ।
पर्यटनको सम्भावना बोकेको सो सडकले विशेषत चुलाचुली गाउँपालिका प्रत्यक्ष लाभान्वित हुने र त्यक्ष क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समितिका अध्यक्ष लिम्बुले बताउनु भएको छ ।
भेलाले समितिको उपाध्यक्षमा उमेश तुम्रोक, सचिव हरि प्रसाद चम्लागाई, सह–सचिव विपीन योङ्या, कोषाध्यक्ष मिना पाण्डे, सदस्यहरुमा क्रमशः मोहन तुम्रोक, नरेश माङ्मु, रुपा नेम्बाङ, आईतहाङ सम्बाहाङ्फे, माया मगर र रंगलाल तिम्सीनालाई चयन गरेको छ ।

Facebook Comments Box