दमक/ झापामा एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।  दमक १ ठेगाना भई शिवसताक्षी नगरपालिका वडा नं १० टेक्रामा बस्दै आएका २६ बर्षिय प्रदिप तामाङलाई हिजो साँझ करिब पौने ६ बजे घरमा लुकाई राखेको २.८७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले तामाङलाई नगद २० हजार र सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।

Facebook Comments Box