कमल/ बर्षासँगै झापाको कमल गाउँ पालिका भित्र देखिएको सम्भावित जोखिमका बिषयमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्राविधिक टोलीसहित निरिक्षण गरी आवश्यक जानकारी लिएका छन् ।

पालिका भित्र विभिन्न खोलाबाट भएको क्षति र उच्च जोखिममा रहेका ठाउँहरुको पहिचान गर्दै तत्काल जैविक तटबन्धनका लागि तयारी गरिएको हो ।
वडा नं १ स्थित सरङपाडा- सोल्मारीको कज्जवेमा क्षति पुरयाउँदा आवागमननै बन्द भएको छ । त्यहाँ पानीको सतह घटेर अनुकुल भएपछि पुनःनिर्माण गरिने अध्यक्ष राईले जानकारी दिए ।
त्यसैगरी वडा नं ५ स्थित गजुरमुखी टोल र मानव टोलमा रतुवा खोलाले नोक्सान पुर्याउन शुरु गरेकाले प्रदेश सरकारसँगको समन्वयनमा स्थानीय सरकारले तत्काल आवश्यक प्रकृया पुरा गरि बाँसको पाईलिङ लगाउने तयारी गरिएको जनाइएको छ ।
त्यस्तै वडा नम्बर ३ सानो केर्खाका केही स्थान , कमल खोला र केर्खा खोलाको जोखिम अवस्थाबारे पनि जानकारी लिइएको छ ।
सो क्रममा अध्यक्ष राईले समयगढ –क्याम्पा सडकको उत्तर तर्फ पानीको निकाश नभएका कारण उत्पन्न समस्याका बिषयमा पनि जानकारी लिएका छन् ।