झापा/ घर नजिकैको फुलवासा खोलामा डुबेर झापाको मेचीनगरमा २० महिनाका एक बालकको मृत्यु भएको छ ।
मंगलबार राती ७.४० बजे मेचीनगर १४ नमुना टोलका बामरा सतारको छोरा रिहान सतारको शव खोलामा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घरदेखि करिब ३०० मिटर नजिकैको सो खोलामा ति बालकको शव भेटिएकाले आवश्यक कानुनी प्रकृया पश्चात शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुुर लगिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।