दमक / झापामा चट्याङले लागेर मंगलवार एकैदिन तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर कमल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका वार्ड नं. ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित तेलगानीमा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो ।
कमल गाउँपालिका २ स्थित समयगढमा ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ । खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि दमक पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै झापा गाउँपालिका वडा नं ४ दोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो । बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

Facebook Comments Box