दमक/ भारतीय सीमासँग जोडिएको झापाको दक्षिणवर्ती झापा गाँउपालिकाबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउदै गरेका एक जना भारतीय नागरिकलाई झापा गाउँपालिका वडा नं १ मा लागुऔषधसहित पक्राउ गरेको हो ।
भारतको किसनगञ्ज कुतवाभिट्टा नँया टोलका ४० बर्षिय जुलमात हुसेन र पछाडी सवार २० बर्षिय तोसिफ आमललाई ब्राउनसुगर १७ ग्राम २२० मिलिग्रामसहित पक्राउ गरेको हो ।
त्यसैगरी झापा गाँउपालिका वडा नम्बर ५ सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट चेक प्वाईन्टमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का २२ बर्षिय मनोज चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चप्पलमा लुकाएर ल्याउदै गरेको लागु औषध १ ग्राम ६० मिलिग्राम र प्लाष्टिक बाहेक ६२० मिलि ग्राम फेला परेकोले बिओपि शरणामती चेक प्वाईन्टमा खटिएको सशस्त्र प्रहरी बलले प्रहरी चौकी शरणामतीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।