मोरङ/विराटनगर महानगरपालिका–४मा रहेको नोबेल अस्पतालको छतबाट लडेर एक जना नाबालकको मृत्यु भएको छ ।

हिँजो अपरान्ह साढे ४ बजे सोही अस्पतालमा काम गर्ने ताराप्रसाद न्यौपानेका डेढ बर्षिय छोरा रिदम न्यौपानेको मृत्यु भएको हो । छतबाट लडेर घाईते भएका रिदमको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी संखुवासभाको धर्मदेबी नगरपालिका वडा नं ७ आले बस्ने उपेन्द्र बाहादुर मगरकी श्रीमती ४५ बर्षिया देबीमाया मगरको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गाई,बाख्रा चराउन हिडेकी उनी साझँसम्म घर फर्केर नआएपछी आफन्तहरुले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे ईलाका प्रहरी कार्यालय आखिँभुईले अनुसन्धान शुरु गरेको जनाएको छ ।

Facebook Comments Box