मानव धर्म सेवा समितिबाट बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Author Nishkarsha News
२०८१ असार ५, बुधबार २१:५४

दमक/ नेपाल मानव धर्म सेवा समितिले दमक ३ स्थित एक समुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
मानव धर्म सेवा समितिको शिक्षा अभियान अन्तर्गत दमक ३ स्थित चुलाचुली माध्यमिक बिद्यालयका कक्षा नर्सरीदेखी १० कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच बिद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुलाई कापी, कलम, पेन्सिल, सापनर, इरेजर, लगायतका शैक्षिक सामाग्री बितरण गरिएको सो अभियानमा सक्रिय व्यक्तित्व सीता कार्कीले जानकारी दिइन् ।
नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र प्रमुख महात्मा सुवर्ण वाईजी अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख भट्टराईले शिक्षा जस्तो पवित्र क्षेत्रमा मानव धर्म सेवा समितिले गरेको सेवाको यो पुण्य कामले सकारात्मक सन्देश दिएको उल्लेख गरिन् ।
स्थानीय सरकारले संविधान प्रदत्त नागरिकका सबै मौलिक हक अधिकारको उपयोगमा जोड दिएको बताउँदै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बिकासमा अघि सारिएको नगरपालिकाको मिसनलाई लक्ष्यमा पुरयाउन सबै क्षेत्रबाट रचनात्मक सहयोग हुने विश्वास लिएको बताइन् ।
कार्यक्रममा मानव धर्म सेवा समिति दमक आश्रम प्रमुख महात्मा गौमुखी बाईजी, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तारामान भुजेल, मानव धर्म सेवा समिति केन्द्रिय समिति सचिव तथा दमक क्याम्पसका प्राध्यापक डिल्ली प्रसाद भट्टराई, दमक जेसीजका पूर्व अध्यक्षद्धय कमल कटुवाल, चन्द्र खत्री , सामाजिक व्यक्तित्व रुद्र गौतम लगायत मानव धर्म सेवा समितिका अभियान्ताहरु, शिक्षक, कर्मचारी लगायतको आतिथ्य रहेको थियो ।

मानव धर्म सेवा समितिले हुनेबाट प्राप्त शैक्षिक सहयोग नहुनेलाई प्रदान गर्ने उद्धेश्य अनुरुप विभिन्न बोर्डिङ स्कूलका बिद्यार्थीबाट डोनेशन बक्समा प्राप्त सो शैक्षिक सहयोग गरिएको आयोजकले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्