दमक/ बर्षासँगै परेको चटयाङका कारण झापामा आगलागी भएको छ । गएराती झापा गाउँपालिकाका दुई ठाउँमा चटयाङका कारण आगलागी भएको हो ।
चट्याङले झापा गाउँपालिका वडा नं. २ सडकवारीमा बिजय भन्ने बिष्णु बहादुर बुढाथोकीको गुहालीमा चट्याङ परेर आगलागी हुँदा एक लाख बढीको नोक्सान भएको छ ।
त्यसैगरी झापा ३ गौरीगाउँस्थित धन प्रसाद पौडेलको पराल बर्षा सगै परेको चट्याङका कारण आगलागी भएको हो ।
सो आगो शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी बर्षाको कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिका वडा नं. २ सुगाबथान टोल आसपासका किसानले लगाएको ५० बिगाहा मकै बालीमा नोक्सान भएको छ ।
ति दुर्घ घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।