केर्खा / पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४ चुलाचुली मोडमा आज बिहान यात्रु बोकेको बस र ट्रिपर एकापसमा ठोक्किएर भएको दुर्घटनामा २१ जना घाईते भएका छन् ।
घाईतेहरु सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घाईते हुनेहरुमा कमल गाँपालिका वडा नम्बर ४ की ३८ बर्षिया बिनु लिम्बु, दमक नगरपालिका वडा नं. ५ का ४२ बर्षिय कलिन्द्र शेर्मा , मोरङ मधुमल्ला –८ की ३६ बर्षिया कल्पना कटुवाल उनको छोरा अन्दाजी ४ बर्षका रहेका छन् । उनीहरु आमा छोराको उपचारका लागि विराटनगर न्यूरो लगिएको छ भने बिनु र कलिन्द्रको बिएण्डसी अस्पताल पाठइएको छ ।
त्यसैगरी मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.–१ की ४० बर्षिया पुर्णमाया पोखरेलको न्युरो अस्पताल विराटनगर, दमक नगरपालिका वडा नम्बर ८ का ५१ बर्षिय होम बहादुर भट्टराईलाई न्युरो अस्पताल बिराटनगर रेफर गरिएको छ ।
त्यसैगरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ५ का ३८ बर्षिय शारदा खड्का, दमक नगरपालिका –५ का ४५ बर्षिय अच्युत निरौला, कमल गाउपालिका वडा नं.– ५ की ३८ बर्षिया लिला चौहानको थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ । त्यस्तै दमक नगरपालिका वडा नम्बर १ का ३५ बर्षिय राजु कडरिया , गौरादह नगरपालिका वडा नम्बर –४ का ३० बर्षिय दुर्गा बहादुर श्रेष्ठको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ७ का ५० बर्षिय कृष्ण कुमार तामाङ, दमक नगरपालिका वडा नम्बर ८ का ६५ बर्षिय भरत ढकालको दमक हस्पिटलमा र दमक नगरपालिका वडा नं.–१ की ४६ बर्षिया बबिता राईको दमक अस्पताल दमकमा उपचार भइरहेको छ ।
दमक नगरपालिका वडा नं ४ की ३० बर्षिया भारती मगर, कमल ५ का ४० बर्षिय लक्ष्मी सुब्बा, बिर्तामोड नगरपालिका वडा नं. ४ का २१ बर्षिय कर्ण बहादुर राजबंशी, भोजपुर ट्याम्केमैयुम गाँउपालिका वडा नं.–४ की चरित्र राइ , पथरी शनिश्चरे नगरपालिका वडा नं.–१ का ६५ बर्षिय टंक प्रसाद चुडाल र उनकी छोरी १५ बर्षिया क्याटरिना चुडालको सामान्य अवस्थामा दमकमानै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ७.३० बजे सो ठाउँमा दमक तर्फ आउदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको थियो । दुवै सवारीका चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका जनाइएको छ ।

 

Facebook Comments Box