दमक/ झापा दमक ९ स्थित महालक्ष्मी आधारभुत बिद्यालयकी एक छात्रा तीन दिन अघिदेखि वेपत्ता भएकी छिन् ।

भोजपुर घर भई दमक ९ स्थित आफ्नी फुपु जुनु राईको संरक्षकत्वमा बस्दै आएकी स्मृति दमक जेठ ३२ गते साँझ करिब ६.३० बजेदेखि एकाएक वेपत्ता भएकी हुन् । उनका नातेदारले स्मृति वेपत्ता भएको भन्दै खोजि गरिदिन इलाका प्रहरी कार्यालय दमकमा आज ३ असारमा हुलिया निवेदन दिएका छन् ।
एक जना नातेदारले स्मृतिलाई उनकै साथीले राती ८ बजेतिर देखेको बताए पनि त्यसपछि उनी घर परिवारको सम्पर्कमा आउन नसकेकी बताएकी छिन् ।
स्मृतिका बुबाको नाम आशिष राई र आमा मालती भएको बताइएको छ । उनलाई देख्ने जो कोहीले ९८०३०७२८५८ वा नजिकका प्रहरीमा सम्पर्क गरेर खबर गरिदिन आग्रह गरिएको छ ।

Facebook Comments Box