गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा आर्थिक अनियमितता हुने गरेको प्रमाण बाहिर आएको छ । बिद्यालयहरुमा सरकारले पालिका मार्फत प्रदान गर्ने अनुदानबाट सञ्चालित कार्यक्रमहरुमा अनियमितता देखिने गरेको पाइएको हो ।
आर्थिक बर्ष २०७९/०८० मा यो पालिका भित्रका ८ वटा सामुदायिक बिद्यालयले  बिद्यार्थी को खाजालागि लगेको रकम अनियमित देखिएपछि महालेखा परिक्षणको कार्यालयले ३ लाख ७३ हजार रुपैयाँ असुल गराएको छ ।
त्यस्तै एउटा बिद्यालयले पाठ्यपुस्तक वापत बढी रकम लगेको पाइएको छ ।  सो बिद्यालयबाट पाठ्यपुस्तकमा आवश्यक भन्दा बढी ७ हजार २९२ रुपैयाँ गाउँपालिकाबाट भुक्तानी लगेको पनि देखिएको छ ।

त्यस्तै ११ वटा सामुदायिक बिद्यालयले छात्रवृत्ति वापत कूल ७२ हजार रुपैयाँ बढी रकम लगेका देखिएको छ ।  गाउँपालिकाबाट बिद्यालयले निकासा लगेको यस किसिमका सबै रकम महालेखा परिक्षणका क्रममा असुल गरिएको कार्यालयले जनाएको छ ।  स्थानीय तह कार्यान्वयनमा आएको ७ बर्ष पुग्दा पनि पालिकाले अझै पालिका भित्रका बिद्यालयहरुको अनुमगन मापदण्ड बनाएको छैन भने अनुगमन गरेको अभिलेख समेत कहिं कतै नराखेको पनि औंल्याइएको छ ।

 

Facebook Comments Box