नुवाकोट/  पाल्पाको तिनाउ  नुगाउँपालिका नुवाकोटबाट बुटवल फर्कँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । बुधबार राति लु २ च ८५३१ नम्बरको जिप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुईजना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितका अनुसार सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो ।

Facebook Comments Box