काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।
सरकार गठनकाे प्रक्रिया सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बाेलाएकाे बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेस संसदीय दलकाे बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेकाे हाे ।
विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वाेच्च अदालतमा विचराधीन रहेकाे मुद्दाकाे फैसलालाई सबैले मान्ने बताए । उनले एमाले संविधान मान्ने पार्टी रहेकाे बताउदै जनताकाे विश्वास टुट्न नदिने बताए ।