जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । अहिले यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । जसपा, नेपाल विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनको दूरी बढेको छ । यादवले आफ्नो दल प्रचण्डले नै फुटाएको सार्वजनिक रुपमै आरोप लगाएका छन् ।
अशोक राईले ७ जना सांसदसहित जसपा, नेपाल विभाजन गरेर जसपा दर्ता गराएका छन् । राईको दललाई सरकारमा सहभागी गराउनेगरि प्रधानमन्त्री दाहालले छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले राजीनामा नदिए बर्खास्त गर्ने कुरा यादवलाई जानकारी गराएका थिए ।