गौरीगञ्ज/ राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगञ्जको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं ६ को सभाकक्षमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष फुलवति राजवंशीले संस्थाको बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको अबसरमा पत्रकार आत्माराम राजवंशीसहित संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
ग्रामिण क्षेत्रमा रहि संस्थाले गरेका कामलाई सञ्चारको माध्यमबाट प्रचारप्रसारमा सहयोग गरेवापत कोचिला न्युजका सम्पादक आत्माराम राजवंशीलाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।
सोहि कार्यक्रममा संस्थालाई सहयोग गरेवापत गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, संस्थाका सल्लाहकार संयोजक वसन्तलक्ष्मी उदास, ग्रामिण तथा सहरी विकास उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ तथा पुन्य संग्रौला, संस्थाले सञ्चालन गरेको लैंगिक हिंसा न्युनिकरण कार्यक्रममा कला प्रस्तुत गर्ने तिला मूर्मू, अन्जु ठाकुर,मंगली किस्कु र यम कुमारी सिलवाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठ , वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं २ का वडाध्यक्ष अघ्नु प्रसाद राजवंशी, वडा नं ५ का वडाध्यक्ष बिजयप्रसाद सिंह गनगाई, वडा नं ६ कि वडा सदस्य राधा अधिकारी, ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश भट्टराई, संस्थाकी गौरादह अध्यक्ष भरिपूर्ण राई, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।